Rule 9
धितो बन्धक राख्न वा हक हस्तान्तरण गर्न नपाइने
(१) नेपाल सरकारले मुक्त कमैयालाई उपलब्ध गराएको जग्गा वित्तीय वा अन्य संस्थामा धितो बन्धक राखी ऋण लिन वा कुनै पनि किसिमले कसैलाई हक हस्तान्तरण गर्न पाइने छैन ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि मुक्त कमैयाका कानून बमोजिमका अंशियारका बीचमा अंशवण्डा गर्न र निजको शेष पछि निजका हकदारका नाममा नामसारी गर्न बाधा पर्ने छैन ।